सरकारकै कमजोरीले एक वर्षदेखि थन्किदै आएको रेललाई गुड्ने साईत आएन
4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, आश्विन ११ गते । जनकपुरदेखि जयनगरसम्म चल्ने रेल सेवा आजसम्म संचालमा आउन नसक्नु रेल्वे कम्पनी को व्यवस्थापकीय कमी कमजोरी नै प्रमुख कारण रहेको छ ।
पूर्वाधार बनेपछि दुई वर्षअघिबाट जनकपुर(जयनगर रेल सेवा सञ्चालनमा आइसक्नुपर्ने थियो । तर, रेल्वे कम्पनीले जनशक्ति र प्राविधिक व्यवस्थापनको काममा ढिलाई गर्दा लक्ष्य पछाडी सरिरहेको हो । जुनकुरा भारतबाट १ वर्ष अघि रेल आईपुगेपनि थन्किएकोबाट स्पष्ट भईरहेको छ ।
भारत सरकारको सहयोगमा जयनगर(जनकपुर टूयाक निर्माण भएको झण्डै डेढ वर्षपछि आएको रेल एक वर्षदेखि थन्किएको भएपनि चल्ने काँट छाँट बन्नसकेको छैन ।
नेपाल सरकारले खरिद गरेको रेलको एक वर्षे वाईरेन्टि समाप्त भएपनि चल्न कुनै सुरसार देखिदैनन् किनकि रेल्वे कम्पनी ले भर्ना गरेको कर्मचारीलाई समेत अवकाश दिएइएको छ । यस्ले गर्दा रेल संचालन हुने समय कोसो दुरी देखेर धनुषावासी निरुत्साहित बन्दै छन ।
जनकपुरधामदेखि जयनगर सम्म रेल सञ्चालनका लागि नियुक्त गरिएका १ सय ५१ कर्मचारीलाई नेपाल रेल्वे कम्पनी लिमिटेडले हटाएको छ ।
रेल सञ्चालनमा आउने निश्चित भएपछि रेल्वे कम्पनीका तत्कालीन प्रबन्धक सञ्चालक गुरु भट्टराईले ज्यालादारीमा झण्डैं एक सय पचास कर्मचारी नियुक्त गर्नुभएको थिए । ती कर्मचारीलाई नवनियुक्त प्रबन्धक सञ्चालक निरञ्जन कुमार झा ले हटाएका छन् । प्रबन्ध सञ्चालक झा ले ज्यालादारीका १ सय ५१ जना कर्मचारीलाई हटाएको छ ।
जनकपुर(जयनगर संचालनमा आउने रेल गतवर्ष असोज २ गते यहाँ आएपछि कुर्थासम्म टूयल पनि भएको थियो । महिनौसम्म भारतको हाजिपुरमा थन्केको रेल २०७६असोज १ गते साँझ साढे सात बजे जयनगर स्टेशनमा आईपुगेको थियो ।
दुई ईन्जन समेत आएको रेल पुनः जयनगर स्टेशनमा पुर्याएर थन्काइएको थियो । किनकी रेल संचालनको मिति तय हुन नसकेको ले त्यहाँ त्रिपालले छोप्ने काम भएको थियो । त्यो त्रिपाल च्यातिदा हावाको झोंकले कोसो पर लगेको छ । तर,रेल कहिल्येदेखि संचालनमा आउने हो रेल्वे विभागका अधिकारीहरु समेत अनभिज्ञ रहेका छन ।
पहिला पहिला रेल गत महिनाको विवाह पंचमी महोत्सव अवसरमा संचालन हुने बताएको थियो ।
जनकपुरधाम ल्याईएको पाँच वटा बोगीमा एक डब्बा एसीसहितको दुई वटा रेल ईन्जन नेपाल सरकारले ८४ करोड ६५ लाखमा खरिद गरेको हो । रेलको एउटा सेटमा १३ सय यात्रु बोक्ने क्षमता रहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले