+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

मंत्री महतो ले सेवा गृह संचालनका लागि प्रतिवद्धता जनाउनु भयो

4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, पुस २२ गते । महिला वाल वालिका तथा जेष्ठ नागरिक मंत्री जुली कुमारी महतो ले मैले भ्रमण गरेको अपांग संघहरुमा जनकपुरधाम मा संचालित अबल किसिमको पूर्वाधार रहेको बताउँदै यहाँ अपांगता सेवा गृह संचालन होस कामना गर्दै त्यसको लागि चाँडो भन्दा चाँडो प्रपोजल पेश गर्न सुझाब दिनुभायो ।
महिला वाल वालिका तथा जेष्ठ नागरिक मंत्री जुली कुमारी आज नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र जनकपुरधाम को भ्रमण क्रममा उक्त भनाई राख्नुभयो ।
उहाँले यहां संचालित नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र प्रदेश नं.२ मा यस्ता पूर्वाधार भएको संस्था नभएको बताउँदै पछिल्ला मंत्रीहरुले किन उपेक्षित गरेको भनि आश्चर्य व्यक्त गर्नुभयो ।
मंत्री महतो ले दीर्घकालिन अपांगता पुनरस्थापन गृह सेवा संचालनको लागि जति सक्दो स्थानिय निकाय र प्रदेश सरकारबाट सिफारिस गराई प्रपोजल महिला वाललालिका तथा जेष्ठ नागरिक मंत्रालयमा ल्याउनको लागि सुझाब दिनुभयो ।
अफुलाई नेपाल अपांग संघ संचालन भईरहेको जानकारी रहेको बताउँदै मंत्री महतो आज हेर्नको लागि इच्छुक भएर नै यहाँ आईपुगेका हुन ।
नेपाल अपांग केन्द्रिय महासचिव एवं नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र का निर्वतमान सभापति शिवचन्द्र साह ले जनकपुरधाममा वि.सं.२०४० सालदेखि नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र संचालन भईरहेको जानकारी गराउनुभयो । उहाँले नेपाल अपांग संघ स्थापना कालदेखि नै शिक्षा मंत्रालयको विशेष शिक्षा कार्यक्रम संचालन भईरहेको हुनाले यस क्षेत्रका थुप्रै अपांग साथीहरु स्वरोजगार पाएका हुन बताउनुभयो । तर, शिक्षा मंत्रालयले सो विशेष शिक्षा कार्यक्रम बन्द गरिदिएपछि दीन हिन अपांगलाई जीवन यापन चलाउन कठिनाई हुँदै आएकोे उहाँले दुख ब्यक्तगनु भयो ।
नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र जनकपुरका अध्यक्ष नन्दकिशोर महासेठ ले नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र जोरपाटी काठमाण्डौमा संचालन भईरहेको दीर्घकालिन अपांगता पुनरस्थापन गृह सेवा झैं संचालन गरिदिनको लागि आग्रह गर्नुभयो ।
सो अवसरमा जनकपुरधाम उप महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रमेश ठाकुर को उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले