नेत्रहीन विद्यार्थीका लागि दैनिक एक रुपैयाँ संकलन
4 वर्ष पहिले प्रकाशित

देवेन्द्र आलोक ,मिथिला जागरण
बिर्तामोड असोज ४ गते । नेत्रहीन विद्यार्थीको सहयोगार्थ आदिवासी जनजाति नेत्रहीन संघ झापाले दैनिक एक रुपैयाँ रकम संकलन अभियान चलाएको छ। संघमा आवद्ध सदस्यहरूबाट एक रुपैयाँ संकलन गर्दै छात्रवृत्ति कोष खडा गरिएको संघका अध्यक्ष भोजकुमार तामाङले जानकारी दिए।
संघले २०६७ सालमा देउसी भैलो खेलेर ४० हजार रुपैयाँ संकलन गरी नेत्रहीन विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापनाका गरेको थियो। सोही अभियानलाई निरन्तरता दिँदै हाल छात्रवृत्ति कोषमा एक लाख ३५ हजार रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको अध्यक्ष तामाङले जानकारी दिए। झापा जिल्लाभरिबाट संघमा १०० जनाभन्दा बढी आबद्ध छन्।
संघले आफ्नो ११औं स्थापना दिवसको अवसरमा कनकाई नगरपालिकास्थित सुरुङ्गामा कार्यक्रम गरी तीनजना नेत्रहीन विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कोषलाई १० हजार रुपैयाँ प्रदान गरेका छन्।
त्यस्तै कलाकार तथा पत्रकार आइपी भट्टराईले दैनिक एक रुपैयाँका दरले सात वर्षको रकम र सहायक वन अधिकृत दिनेश यादवले नगद २५ सय रुपैयाँ कोषलाई दिएका छन्।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले