नागरिक पार्टी झापाको अध्यक्षमा ढुंगाना
4 वर्ष पहिले प्रकाशित

तदेवेन्द्र आलोक, झापा
दमक(झापा) असोज ३ गते । नेपाली नागरिक पार्टी झापाको प्रथम भेला सुरुंगामा सम्पन्न भएको छ। भेलाले देवेन्द्र किशोर ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ।जसको उपाध्यक्षमा ठूलीबाबामा(अर्जुनधारा),जीबनारायण श्रेष्ठ (सुरुगा),सचिब दामोदर आचार्य (कन्काई नपा ),सह सचिव डिल्लीराम पौडेल (मेचीनगर),सदस्यहरु वाश्चल दाहाल उमेश, मोहम्मद जफिर मियां,देबी भेटवाल, याम प्रसाद पराजुली,भोगेन्द्र राजबंशी,जयराम गौतम,कमला भट्टराई,निरमाया पाठक कडेरिया लगायत रहेका छन ।
भेलाका प्रमुख अतिथि पार्टी राष्ट्रिय अध्यक्ष रामचन्द्र छेत्रीले निर्वाचित जिल्ला समितिलाई पार्टी संगठनका बारेमा प्रष्ट पारेका थिए।उनले देश संकटमा रहेको बर्तमान अबस्थामा पार्टीका नेता–कार्यकर्ताहरुको अगुवाईमा पार्टी व्दारा घोषित सनातन हिन्दूराष्ट्र नेपाल राष्ट्रिय अभियान सहितको आन्दोलनको नेतृत्व गर्नुपर्ने बताए।उनले देशमा बिध्यमान भ्रष्टाचार,हत्या,हिंसा, बलात्कार ,दमन,तथा बिकृति र बिसंगतिका विरुद्ध निर्बाचित समितिले स्थानीय मुद्दाहरुमा आवाज उठाउनु पर्ने र बैदेशिकहस्तक्षेप बिरुध्द सशक्त मोर्चा बनाएर संघर्ष गर्नुपर्ने बताए ।
भेलामा पार्टी कार्यकारिणी सदस्य नारायण पौडेल दीपकले शुभकामना तथा बधाई सहित पार्टीको धारणा राखेका थिए ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले