+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

हँसपुर न.पा.को संघर्ष समितिको संयोजकमा साह

4 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, पुस २२ गते । नेकपा ओलि समुहका विरुद्ध बिरोधका कार्यक्रम देशव्यापि रूपमा भइरहेको छ ।
नेकपा प्रचण्ड ,नेपाल समुहको केन्द्रिय निर्देशन अनुसार प्रचण्ड, नेपाल् निकट नेता कार्यकर्ता केन्द्र देखि स्थानीय तह सम्म आन्दोलनरत छ्न ।
प्रतिनिधि सभा विघटन पछि ओलि समुहको विरुद्ध चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । केन्द्रिय सदस्य तथा प्रदेश कमिटी सदस्यको नेतृत्वमा विभिन्न जिल्लाको पालिकाहरुमा आन्दोलन केन्द्रित संघर्ष समिति निर्माणमा तिब्रता लिएको छ ।
यसै बीच धनुषाको हँसपुर नगरपालिकामा नेकपा धनुषाका सचिव तथा प्रदेश कमिटी सदस्य दिपक यादव को प्रमुख आतिथ्यमा ९ वटै वडाको २५१ सदस्य संघर्ष समिति घोषणा गरिएको छ ।
दिपेन्द्र यादवको अध्यक्षतामा बसेको उक्त बैठकले तत्कालीन नेकपा एमालेको तर्फबाट मेयरको प्रतियासी सुशील साह लाई संघर्ष समितिको संयोजक जिम्मेवारी दिइएको छ भने सह–संयोजकमा तत्कालीन माओवादी बाट मेयरका प्रतियासी रहेको सुनिल यादव लाई जिम्मा दिइएको छ । गठित समितिले वडा र गाउँका कार्यकर्ता लाई प्रशिक्षण दिई आन्दोलनका कार्यक्रम ससक्त बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले