सर्लाहीमा पेस्तोल र गोली बरामद
4 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, भादौं १९ गते । सशस्त्र प्रहरीले सर्लाहीको लालबन्दीबाट एक थान पेस्तोलसहित त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद गरेको छ ।
सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प हरिवनबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाको कमाण्डमा खटिएको गस्ती टोलीले शुक्रबार बिहान साढे ५ बजे लालबन्दी नगरपालिका–५ स्थित रेल्वे टूयाकबाट हतियार बरामद गरेको हो। गस्तीमा रहेको सुरक्षाकर्मीलाई देख्नासाथ प्रदेश न २–०२–००४ प ७७५७ नम्बरको अपाचे मोटरसाइकल छाडेर चालक फरार भएका र उक्त मोटरसाइकल चेकजाँच गर्दा लेगगार्डमा झुण्ड्याएर राखेको झोलामा एक थान कटुवा पेस्तोल र पाँच थान गोली बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार एक राउण्ड पेस्तोलमा लोड भएको र ४ राउण्ड बाहिरै रहेको गोली बरामद भएको हो। बरामद भएको हतियार र मोटरसाइकल अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लालबन्दीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले