प्रादेशिक अस्पतालको हाताभित्रमै स्वास्थ्यकर्मीलाई कुटपीट
4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र १८ गते । यहाँका प्रादेशिक अस्पताल हातामा एक स्वास्थ्यकर्मीलाई कुटपीट गरिदा सुरक्षाकर्मी मौनदर्शक भएका छन ।
जनकपुरधाम प्रादेशिक अस्पतालमा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको आरोपमा विहिवार स्वास्थ्यकर्मी देवेन्द्र ठाकुरलाई बाहिरका समुहले कुटपीट गरेका छन् । प्रादेशिक अस्पतालको हाताभित्रै गुण्डागर्दी शैलीमा सो समूहले अहेव ठाकुरमाथि कुटपीट गरेका हुन ।
अहेव ठाकुरलाई ‘इमर्जेन्सी केस’ रहेको भन्दै अस्पतालको नियमित बैठकबाट बोलाएर अस्पतालको प्राङ्गणमा सो समूहले कुटपीट गरेको थियो । अहेव ठाकुरले प्रादेशिक अस्पताल विकास समितिको बैठक चलिरहेको बेला आफूलाई एक जनाले बाहिर आउन आग्रह गरेको बताबताउनु हुन्छ । उहाँले आफू बाहिर गएपछि उनीहरुले योजनावद्ध ढङ्गले मलाई कुटपीट गरेको बताउनु हुन्छ ।
कुटपीटबाट घाइते भएका अहेव ठाकुर उपचार प्रादेशिक अस्पतालमा भएपछि घर फर्केका छन् ।
चिकित्सकमाथि हातपात भइरहँदा अस्पतालका सुरक्षाकर्मी मुकदर्शक भएर बसेका थिए । अहेव ठाकुरलाई कुटपीट भएको ठाउँमा चौबीसै घण्टा प्रहरीको टोली रहने गदर्छ । तर, अस्पताल परिसरमै स्वास्थ्यकर्मीमाथि कुटपीट हुँदा प्रहरी प्रशासनले कुनै कदम चाल्न सकेको छैन ।
यता,अस्पताल प्रशासनसमेत मौन भई बसेका छन् ।
चिकित्सक ठाकुरमाथि भएको कुटपीटमा कसको संलग्नता हो भन्ने प्रस्ट हुन सकेको छैन । कुटिएका अहेव ठाकुरले पनि को र कहाँकोबाट आफुमाथि आक्रमण भएको हो भन्नेबारे अनभिज्ञता प्रकट गर्नुहुन्छ ।
यसबारेमा धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेत संग बुझन खोज्दा उहाँले प्रादेशिक अस्पतालमा चिकित्सकमाथि हातपात भएको बारे आफूलाई कुनै जानकारी नभएको बताउनु हुन्छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले