जोखिम घरधुरीलाई खाद्यान्न सहयोग
2 वर्ष पहिले प्रकाशित

श्याम कुमार यादब
सर्लाही, पुस २१ गते । बागमती सेवा समाज नेपालद्वारा वल्र्डभिजन इन्टरनेशनलको सहयोगमा संचालित बाल स्पोन्सरशिप परियोजना अन्तर्गत अन्यन्त जोखिम घरधुरीलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ ।
संस्थाद्वारा आज पौष २० गते आयोजित एक कार्यक्रमका बीच हरिपूर्वा नगरपालिका वडा नं. ३ स्थित धनकौलमा मन्तोरिया देवी माझी र फूलो साह तथा पर्सा गाउँपालिका वडा नं. १ स्थित मुस्लिमटोलका रइमुल खातुनको परिवारलाई उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो ।
सो अवसरमा बोल्नु हुँदै बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले विभिन्न कारणले जोखिममा परेका बालबालिकाका परिवारलाई लक्षित गरी राहत प्रदान गर्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको बताउनुभयो ।
कोभिड १९ का कारण सृजित असामान्य परिस्थिति र परिवारको मुख्य व्यक्ति गुमाएका बालबालिकाका परिवारलाई तत्कालका लागि राहत दिने उद्देश्यले चामल, दाल, तेल, नून, चिनी, तरकारी, साबुन र बालबालिकाका लागि स्टेशनरी सामाग्रीहरु प्रदान गरिएको कुरा अध्यक्ष कार्कीले बताउनुभयो ।
यसैगरी हरिपूर्वा नगरपालिका वडा नं. ३ का अध्यक्ष धर्मराज सिंहले संस्थाले लामो समयदेखि जोखिम परिवारलाई सहयोग गर्दै आइरहेको र खाद्यान्न सहयोगले परिवारलाई राहत मिल्ने बताउनुभयो ।
विगत २ वर्षदेखि सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा वल्र्डभिजन इन्टरनेशनलसँगको साझेदारीमा संचालन भइरहेको बाल स्पोन्सरशिप परियोजना मार्फत बालबालिकाको चौतर्फी विकासका लागि पैरवी, सहयोग, क्षमता अभिवृद्धि र विभिन्न प्रकारका क्रियाकलापहरु संचालन भइरहेको बागमती सेवा समाज नेपालका परियोजना संयोजक कुमार भण्डारीले जानकारी दिनुभयो । बाल स्पोन्सरशिप परियोजनाबाट ३ हजारभन्दा बढी जोखिम वर्गका बालबालिका र तिनको परिवार लाभान्वित भइरहेको जानकारी संस्थाले दिएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले