+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

पूर्व राज्यमन्त्री कुशवाहाको गृह जिल्लामा भव्य स्वागत ‘जसपाबाट सत्तालिप्साहरुले पार्टीबाट बहिरिएको दावी’

4 वर्ष पहिले प्रकाशित

कैलास दास
जनकपुरधाम, १५ भदौ । जनता समाजवाटी पार्टीका केन्द्रिय सदस्य एवं पूर्व राज्यमन्त्री सरोज सिंह कुशवाहाको गृह जिल्ला महोत्तरीको मनरा शिश्वा नगरपालिकामा नेता तथा कार्यकर्ताहरुले मंगलवार भव्य स्वागत गरेका छन् ।
पूर्व राज्यमन्त्री कुशवाहाले आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीबाट राजिनामा दिएपछि पहिलो पटक आफ्नो गृह जिल्लामा गएपछि उहाँलाई नेता तथा कार्यकर्ताहरुले भव्य रुपमा मोटरसाइकल र्यालीका साथ स्वागत गरेको छ ।
मनरा शिश्वा नगरपालिका वडा नं. ३ मा राखिएको स्वागत तथा सम्मान कार्यक्रमको सम्बोधन गर्दै राज्यमन्त्री कुशवाहाले जसपा पार्टी नफुटेकोे बल्कि जसपा भित्र रहेको सत्तालिप्साहरु भागेको आरोप लगाएका छन् । उनले भने, ‘प्रतिगमनको विरोध गर्ने नेताहरु सत्ता लोभको कारण प्रतिगमनकारीलाई सहयोग गरेको छ । उनीहरुलाई मधेशी मुद्दा र मधेशी जनतासँग कुनै प्रकारको सरोकार छैन । सत्तालिप्सामामा विलासियता जिवन विताउनेहरुलाई जनताले निर्वाचनको बेला देखाउने छ ।’
हजारभन्दा बढीको संख्यामा रहेको नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै राज्यमन्त्री कुशवाहाले ‘राजनीतिमा पार्टी पार्टीबीच इष्र्या द्वोष हुन्छ । म बाट पनि अन्य पार्टीका नेता तथा कार्यकर्ता असन्तुष्ट होलान, यसमा दुईमत छैन, तर आफू विकासको नाउँमा राजनीतिकरण नगरेको जिकिर गरेका छन् ।
राज्यमन्त्री कुशवाहाले यस क्षेत्रमा १९ वटा वडा रहेको र ती वडाहरुमा जनताको इच्छा र भावना अनुसार राज्यमन्त्री हुँदा र अहिलेपनि विकास गर्नेछौं विश्वास दिलाउन चाहन्छौं । धर्मशाला निर्माण, सडक निर्माण, पुलपुलेसा निर्माण, समुदायिक भवन निर्माण भएको जसबाट यहाँका जनताहरु प्रत्यक्ष रुपमा लाभान्वित भई रहेको बताएका छन् ।
यहाँ निर्वाचित भएपछि आफूले गरेको प्रतिबद्धता अनुसार निर्माण कार्य लगायत शिक्षा, स्वास्थ्य लगायतको कार्यलाई गम्भीरता पूर्वक प्राथमिकता दिएको र अगामी दिनमा पनि यसरी नै विकास गर्ने राज्यमन्त्री कुशवाहाले दोहोर्याएका छन् ।
राजनीतिमा विभेद हुन्छ, म बाट पनि भएको होला, तर विकासमा कसैसँग काखापाखा गरेका छौं राज्यमन्त्री कुशवाहाले भने ‘जुन उद्देश्यका साथ यहाँका जनताले आफूलाई निर्वाचित गराएका छन, ती उद्देश्यका साथ आफू अगाडि बढेका छौं । यो विकास कार्यबाट आफू असन्तुष्ट छौं । जनताले साथ दिएमा आफूसँग रहेको अधुरो कार्य पनि पुरा गर्ने छौं ।’
राजनीति प्रसङ्गमा राज्यमन्त्री कुशवाहाले भने ‘जनता समाजवादी पार्टी अहिलेपनि जनताको चाहना र भावना अनुसार कार्य गरिरहेका छ । मधेशको मुद्दा लगायतको अधुरो कार्य यहि जसपाले गर्नेछ । जसपाको कार्य हेरेर केही साथीहरुलाई अपच हुँदा पार्टीबाट बाहिरएको हो ।’
राज्यमन्त्री कुशवाहाले जसपा विभाजित भएको होइन, पार्टीमा गलत तत्व हटेरे शुद्धिकरण भएको हो । जसपा विगतकै जसमा रहेकोले तपाईहरु अरुको भ्रममा नपर्नु ।’
अन्य सहभागी नेताहरुले यस पालिकामा धेरै बाधा व्यवधानहरु आएको छ । तर राजनीतिक वाधा व्यवधानलाई ख्याल नगरी पूर्वराज्यमन्त्री कुशवाहाले विकास क्षेत्रमा ध्यान दिएको परिणाम नै आजको स्वागत तथा सम्मान कार्यक्रम देखाई रहेको बताएका छन् । तीनवर्ष भित्रमा पूर्व राज्यमन्त्री कुशवाहाले यस नगरपालिकाको १९ वटै वडाको गल्ली गल्लीमा विकास भएको छ । यो कुरा निर्वाचनको बेलामा पनि यहाँका जनताले ख्याल रख्ने आफू विश्वस्त रहेको नेता महेन्द्र राय यादवले बताएका छन् ।
कार्यक्रममा दर्जनभन्दा बढी पार्टीका विभिन्न भातृसँगठन तथा अन्य संघ संस्थाहरुले राज्यमन्त्री कुशवाहालाई सम्मान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले