+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

प्रदेश प्रमुख मिश्र र वरिष्ट पत्रकार नेपाली बीच भेंटघाट

4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र ११ गते ।प्रदेश २ का नव नियुक्त प्रमुख हरिशंकर मिश्र ले प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ट पत्रकार राजेश्वर नेपाली को स्वास्थ्य अवस्थावारे जानकारी लिईदै शिघ्र स्वास्थ्य हुन कामना गर्नुभयो ।
प्रदेश प्रमुख मिश्र विहिवार वरिष्ट पत्रकारको घरमै पुगेर स्वास्थ्य बारेमा खबर लिनु भएको हो ।
प्रदेश प्रमुख मिश्र ले म अरु ठाउँमा नआएर आफ्ना ठुल्दाई को स्वास्थ्य बारेमा जिज्ञाशा गर्न पुगेको विचार त्यहाँ राख्नुभयो । उहाँले दाई श्री नेपाली सुस्वास्थ्य भई दीर्घजिवी होउन भनि इश्वर संग समेत कामना गर्नुभयो ।
सो अवसरमा वरिष्ठ पत्रकार राजेश्वर नेपाली ले मलाई पेशाव फेर्नमा दिनानुदिन कठिनाई बन्दै गएर काठमाण्डौ स्थितको मेगासिटीमा जाँच गराउँदा चिकित्सकहरुले क्यानसर रोग प्रथम चरणमा रहेको भन्दै अविलम्ब शैल्यक्रिया गर्न सल्ला दिएको उहाँलाई सुनाउनुभयो ।
सम्पादक साह ले अगाडी भन्नुभयो, ‘चिकित्सकहरुले काठमाण्डौ मै गराउन भनेको थियो । तर, गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव ले भारतको दिल्लीमा गएर शैल्यक्रिया गराउन सल्लाह दिनु भएको सल्लाह अनुसार हामी त्यहाँ पुगेका थियौं ।
त्यहाँ शैल्यक्रिया सफलता पुर्वक भएको उहाँ जानकारी गराउनु भयो । वरिष्ट पत्रकार नेपालीले औषधी खानेक्रम जारी रहेको बताउँदै पुनः तीन महिना पछि फलोपको लागि जानेछु थप्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले