अर्बौको वन जंगल अतिक्रमण विरुद्धमा छैठौं दिन आमरण अनसन जारी रहेपनि प्रदेश सरकार मौन
4 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, भादौं १ गते । सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको सरकारी वन जंगलको जग्गा फिर्ता ल्याउन आज छैठौंदिन आमरण अनसनमा बसेको भएपनि प्रदेश सरकार मौन बसेको छ ।
चुरे तथा वन जंगल संरक्षण अभियानीहरुका दुई जना व्यक्तित्व गत विहिवारदेखि जनकपुरधाम को जनकचोकमा आमरण बसेका हुन । तर, त्यसको खोजखबर अहिल्येसम्म प्रदेश सरकाले लिनु भएको छैन ।
आमरणमा बस्नु भएका अमन यादव र रानी राय दुवै जनाको हालत गम्भिर भईसकेका छन । हुनतः प्रदेस २ सभसद प्रमेश्वर साह ले आन्दोलनमा समर्थन जनाउँदै भन्नु भयो आज मुख्यमंत्री लालबाबु राउत संग यसबारेमा जानकारी गनराउने छु ।
जसपाका नेता विभा ठाकुर भन्छिन, चुरे अभियानीहरु अगाडी बढाएको पाँचबुँदे मांग उनिहरुको पुर्खौली सम्पतिको लागि होइनन् ,यो कुरा सम्बन्धित निकाईले बुझेर अविलम्ब समस्या समाधान गर्नुपर्ने हो । तर, प्रदेश सरकारसम्म मौन भई बसेका हुन ।
मारुति सिमेन्ट उद्योगले अर्बो रुपियाँ बराबरको सरकारी बन जंगल अतिक्रमण गरेको विरोधमा अभियानीहरु आन्दोलन रतरहेका छन । उनिहरुले राजमार्गमा चक्का जाम,जिल्ला प्रशासन कार्यालय सिरहामा धर्ना दिनेलगायतका कार्यक्रमहरु गरिसकेको भएपनि स्थानीय सरकारदेखि प्रदेश सरकार सम्म मौन बसेको छ ।
जनकपुरधामस्थित जनकचोकमा आमरण अनशन वस्नेहरुको समर्थन जनाउने कति व्यक्तिहरु मारुति सिमेन्ट उद्योगको हातबाट सम्बन्धित निकाइहरु बिक्री त भई सकेको होइन भनि संका व्यक्त गर्न थालेका छन ?
रुख विरुवाले बायुलाई सुद्धिकरण गर्न ठुलो भुमिका खेल्ने गर्दछ । बायुमण्डलमा रहेको धुलो माटोको मात्रालाई ७५.५ सम्म कम गर्छ भने ध्वनी प्रदुषणलाई ५९.५ सम्म कम गर्दछ । रुखले प्रदान गर्ने शितलतालाई हेर्ने हो भने एउटा ले १० वटा कोठामा २० घंटासम्म पंखा चलाउंदा जति शितलता दिन्छ । त्यस्तै रुख विरुवाले ढाकेको क्षेत्र अरु क्षेत्रको तुलनामा ९ डिग्रीसम्म ठण्डा रहन्छ । त्यसैकारण केन्द्र देखि प्रदेश सरकारसम्मले हरेक वर्ष वृक्षारोपणमा माथि जोड दिदै आएका हुन । वातावरण अभियानिहरुले पनि मानव जीवनको लागि वन जंगल आवश्यक भएको भन्दै जोगाउन हरसम्भव प्रयास गर्दै आएका छन । तर, उनिहरु माथि उल्टै मद्दाहरु समेत पर्न गएको विरुद्धमा यो पाँच बुन्दै आमरण अनसन जारी रहेको छ ।
प्रदेश २ को मुख्यमंत्री लालबाबु राउत गद्दीले वन अभियानीहरुको बीचमा गतवर्ष नै प्रतिबद्धता जनाएको थियो । तर त्यो प्रतिबद्धता हालसम्म किन पुरा हुनसकेको छैन । यस्तै प्रकारकाबाट सम्बन्धित निकायहरु ढिला सुस्ती गर्दै आएको कारण दिनानु दिन चुरे विनाश भईरहेको छ । चुरे विनाशले मधेसमा पानीको जलस्तर घट्दै गएको छ । साथै अन्नवाली उब्जने ठाउँमा बालुवा थिग्रैद छ । त्यसकार विस्तारै तराई मधेश क्षेत्र मरुभूमि बन्ने तर्फ विस्तारै छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले