विश्व सम्पदा सूचिका लागि राम मन्दिरको पाईला बढदै
4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, श्रावण २ गते । नेपालको धरोहर जानकी मन्दिर विश्वसम्पदा सूचिमा सूचिकृत हुने बाटोमा बढदै छ भने त्यसको पछिपछि राममन्दिरपनि पाईला सार्दै छ ।
विश्वका हिन्दु धर्मावलम्बीहरुको अस्थाका केन्द्र बिन्दु जनकपुरधाम त्रेता युगदेखि नै चर्चामा आएको हो । मर्यादा पुरुषोत्तम श्री राम र भगवति जानकी बीच वैवाहिक सम्बन्धमा जोडिएको थलो जनकपुरधाम समस्त हिन्दुको लागि धरोरह हो । त्यस कारण विश्वका सनातन धर्माबलम्बी जानकी को जन्मभूमि जनकपुरधाम एक पल्ट भ्रमण गर्न खोज्छन । उनिहरुले जानकीको जन्मस्थलिमा आएर दर्शन पूजन गर्न पाए आफु धन धानिय हुने बिचारबाट ललाईत भएका हुन्छन । तर, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थल हालसम्म विश्वसम्पदा सूचिमा सूचिकृत हुन सकेको छैन ।
अर्थमंत्री विष्णु प्रसाद पौडेलद्वारा जेष्ठ महिनाको अन्तिम सातामा प्रस्तुत गरिएको बजेटमै जानकी मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृतको लागि पहलका कुरा सम्बोधन भएको थियो । यसले प्रदेश २ को अस्थायी राजधानीमा हलचल ल्याएको थियो । किनकि जानकी मन्दिर विश्वसम्पदा सूचिमा सूचिकृतको कुरा सर्वत्र छाएको थियो ।
त्यो चर्चा अब बौधिक समुदायबाट विस्तारै गौण भईसकेको छ । तर, राममन्दिर विश्वसम्पदा सूचिमा सूचिकृतको लागि पाईला अघिसार्दै छ ।
देवभूमि जनकपुरधामको मुटुस्थल रामचौक,राजदेवी चौक र जनक चौकको बीचमा रहेको स्वर्णमण्डप राममन्दिरको चारैतिरबाट सडकले घेरा हलेर सौन्दर्यता बढाउँदै छ । गुठी संस्थानको अधिनमा भएपनि उसले केहि नगरेको जस्तै भएको छ ।
जनकपुरधामको सबैभन्दा अग्लो स्थलमा रहेको राम मन्दिरलाई सजाउने कार्य स्थानिय महावीर युवा कमिटीले गर्दै आएको छ ।
जानकी मन्दिर भन्दा १६० वर्ष पुरानो इतिहास भएको राममन्दिर क्षेत्रको अर्को आंगनमा राजदेवी माता स्थापित हुन । त्यस क्षेत्रलाई सजाउने कार्य महावीर युवा कमिटीले गर्दैछन । राजदेवी माताको आंगन अचेल रातो मार्वलबाट अकर्षक बनेको छ भने हाल निर्माणधिन तोरणद्वार पूर्णता पाउँदा राममन्दिरको रौनकतामा चार चाँद थपिने छ । यस्ले राममन्दिरको रौनकता थपिएको मात्र होइन कि संस्कृति र पहिचानलाई जगेर्ना गर्नेछन विचार संस्कृति विभागका पूर्व ओभरसियर गोपाल झा बताउनु हुन्छ ।
त्यस्तै ढुंगाबाट निर्माण गरिएको फाउण्टेन ले मन्दिर दर्शन एवं पूजन गर्न आउने यात्रीहरुलाई एक पल्ट सेल्फी खिंच्न प्रेरित गर्दैछन । सो पार्क एवं फाउन्टेन निर्माणका लागि प्रदेश २ को पर्यटन मंत्रालयले २० लाख विनियोजन गरेबाट निर्माण भईरहेको छ ।
महावीर युवा कमिटी का अध्यक्ष संतोष साह भन्नुहुन्छ, ‘राजदेवी मन्दिरको उत्तरी क्षेत्र सजाउने कार्य सम्पन्न भएको छ । अब आउने दिनका अध्यक्षहरुले आ–आफ्नो कार्यकाल यादास्त बनाउन राम मन्दिरदेखि पूर्वमा रहेको पार्कलाई व्यवस्थित तथा सौन्दर्यकरण गरिने तर्फ बढने छ ।
महावीर युवा कमिटीका अध्यक्ष साह अगाडी थप्नुहुन्छ, ‘पूर्व मंत्री रघुविर महासेठ ले राजदेवी मन्दिरको पुनरनिर्माणको लागि २ करोड २० लाख बजेट पर्नेगरी डीपीआर बनाउन भन्नु भएको छ । पूर्वमंत्री महासेठ ले म मंत्री रहे नरहे कहि फरक पर्दैनन् भन्दै डीपीआर बनाउन सुझाब दिनु भएको उहाँले थप्नुभयो ।
तोरण द्वार निर्माणका लागि पूर्व मंत्री महासेठको पहलमा ३५ लाख रुपियाँ आएको महावीर युवा कमिटीका अध्यक्ष साह थप्नु हुन्छ । अध्यक्ष साह ले राजदेवी माताको मन्दिर पुनरनिर्माणका लागि बन्ने डीपीआर संस्कृति विभागको निर्देशन सत्प्रतिशत रहने बताउनु हुन्छ ।
यता, राम मन्दिरमा दर्शन पूजन गर्न आउने ठुला बडाहरुलाई महंथ राम गिरी भन्नुहुन्छ,‘रामन्दिरको वाहिरी क्षेत्रका पर्खालहरुमा राम जानकीको जीवन संग जोडिएका तस्वीरहरु कोरेर आकर्षक पार्नु पर्ने र त्यस चित्रांकनलाई हेर्न आउने यात्रुका लागि संगै बाटो निर्माण हुनुपर्ने सुझाबदिंदै आएका हुन्छन ।
जानकी मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउको लागि २३ वर्ष पहिलेदेखि आवाज उठन थालेको भएपनि हालसम्म लक्ष्यमा पुग्नसकेको छैन । भ्रमण वर्ष १९९८ सफल पार्नको लागि एक गोष्ठी यहाँ भएको थियो । पर्यटन विकास मंचको तत्वावधानमा आयोजित गोष्ठीमा त्रिभुवन विश्वाविद्यालयका प्राध्यापक विशेषज्ञहरुद्वारा प्रस्तुत भएको कार्यपत्रमा जानकी मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृतको लागि चर्चा भएको कुरा बल्ल सरकारको कानसम्म पुग्न गएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले