+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

सर्लाहीको लालबन्दी र इश्वरपुर नगरपालिका जोड्ने निर्माणाधिन पुल भत्कियो

4 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, आषाढ १७ गते । सर्लाहीको लालबन्दी र इश्नरपुर नगरपालिका जोड्ने फुलजोर खोलामा निर्माणाधिन अवस्थामा रहेको पक्की पुल भास्सिएको छ ।
लालबन्दी नगरपालिका वडा न– ३ र इश्वरपुर नगरपालिका वडा न–८ को सिमानामा रहेको फुलजोर खोलामा निर्माणाधिन अवस्थामा रहेको उक्त पक्की पुल मंगलबार रातिको बाढीका कारण भासिएको छ। संघिय सरकारको रु १२ करोडको लगानीमा आर्थिक वर्ष २०७५÷०७६ बाट निर्माण शुरु भएको उक्त पक्की पुलमा भर्खरै ढलानको काम सकिएको थियो ।
ढलानको काम सकिएको र फर्मा निकाल्न बाँकी रहेको समयमा मंगलबार राती आएको बाढीका कारण करिब ४० मिटर पुल भासिएको छ । पुलको लम्बाई करिब २ सय मिटर रहेको ठेकेदार मनोज कुमार साहले बताउनु भयो । उक्त पुलको आर्थिक वर्ष २०७५÷०७६ बाट निर्माण शुरु गरि चालु आ.व मा निर्माण सम्पन्न गर्ने गरि पप्पु एण्ड शिवशंकर(जेभि)ले ठेक्का लिएको थियो ।
पुल निर्माणको करिब ८० प्रतिशत काम सकिएको र बाँकी काम यहि महिना भित्रमा सकाउने तयारीमा रहेको पुल ४० मिटर भासिंदा करिब २ करोड रुपैया घाटा लागेको ढेकेदार कम्पनीले बताएको छ । उक्त पुल निर्माणको शुरुको वर्षमा पनि एक पटक बाढीले भत्काएको स्थानीयले बताएको छ। ठेकेदारले गुणस्तरहिन काम गरेका कारण निर्माणाधिन अवस्थामा रहेको पक्की पुल पटक पटक भत्कीएको स्थानीयहरुको आरोप छ । यस अधि २०७६ सालमा पनि पुल सामान्य बाढीका कारण भत्कीएको थियो र अहिले पनि सामान्य बाढीकै कारण भत्किंदा ठेकेदारले गुणस्तरहिन काम गरेको देखिन्छ स्थानिय रामकैलाश चौधरीले बताए । ्
निर्माण कार्यमा ठेकेदारको कमि कमजोरी र असारे वर्षामा पनि निर्माणको काम गर्दा पुल भास्सिएको स्थानिय धुर्व प्रसाद घिमिरेले बताउनुभयो । उहाँका अनुसार असारमा पानी परि रहेको समयमा पनि ठेकेदारले निर्माण कार्य जारी राखेका कारण पुल भासिएको हो ।
उक्त पुल निर्माण भइसकेपछि लालबन्दी नगरपालिकाको वडा न ३ र ५ का साथै इश्वरपुर नगरपालिकाको वडा न ५ र ८ का स्थानियबासीलाई पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने लालबन्दी बजार आवतजावत गर्न सजह हुने थियो तर पटक पटक पुल भासिँदा स्थानियबासीहरु चिन्तीत बनेका छन् ।
चालु आर्थिक वर्षमा निर्माण कार्य सकाउने दाउमा रहेको ठेकेदार कम्पनी पनि अव ५÷६ महिना समय थप गर्नु पर्ने अवस्था सृजना भएको बताउन थालेको छ । जसका कारण सो क्षेत्रका स्थानियबासीहरु यस वर्ष पनि फुलजोर खोलाको बाढीमै हेलिएर लालबन्दी बजार आउन जान बाध्य हुने भएका छन ्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले