कालिकामाई गाउँपालिकामा भ्रष्टाचारको जालो बढदै, प्रमाण फेला
4 वर्ष पहिले प्रकाशित

रंजित चौरसिया, वीरगंज,
वीरगंज आषाढ ७ गते । पर्साको कालिकामाई गाउँपालिका संचालन प्रक्रियामा चरम अनियमितता भएको प्रमाण फेला परेको छ ।
गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेको गुनासो बढेपछि गाउँ कार्यपालिकाको कार्यालय हरिहरपुर विर्ता पुगेको संचारकर्मीहरुलाई आर्थिक बर्ष २०७७÷०७८ मा संचालनमा रहेको बिकास निर्माण सम्बन्धि कुनै कागजात नरहेको कर्मचारीहरुले वताए । कार्यालयमा रहेको दर्ता चलानी रजिष्टरमा खाली ठाउँ छोडेर दर्ता चलानी गरिएको फेला परेको हो ।
गाउँपालिकाको दर्ता रजिष्टरमा मिति २०७८ जेठ १ गते सम्म दर्ता नं. ११२१ सम्म क्रमश दर्ता गरिए पनि त्यसपछि दर्ता नं. ११२२ दर्ता नगरी खालि ठाउँ राखिएको छ । त्यसपछि मिति २०७८ जेठ ३ गते दर्ता नं. ११२३ भएको हाजिर गायब सम्बन्धि पत्र दर्ता गरिएको छ ।
त्यसपछि फेरी मिति २०७८ जेठ ३ गते नै दर्ता नं. ११२४ पेश्की माग सम्बन्धि पत्र दर्ता गरिएको छ । तर फेरी दर्ता नं. ११२५ र दर्ता ११२६ को ठाउँ खालि राखेर अक्रो दर्ता गरिएको छ । मिति २०७८ असार ३ गते अन्तिम दर्ता नं. ११९२ सूचना माग सम्बन्धि पत्र दर्ता गरिएकोे छ । त्यसको बिचमा पनि केही दर्ता नं. को खालि ठाउँ राखिएकोले ब्यापक अनियमितता भएको प्रष्ट हुन्छ ।किन दर्ता रजिष्टरमा खालि ठाउँ राखेर दर्ता गरिएको हो भने बारे सोध्दा कार्यालयमा भेटिएको कर्मचारीले जवाफ दिन सकेन । यस सम्बन्धमा कार्यालयमा नभेटिएका प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहसंग फोनमा बुझ्न पटक पटक फोन गर्दा पनि फोन उठेन ।
आर्थिक मसान्तको अन्तिम अन्तिमा आएर अनियमितता र पुरानो मितिमा दर्ता गर्न प्रयोजनको लागि दर्ता रजिष्टरमा खालि ठाउँ राखेर दर्ता गरिएको गाउँपालिका कै क्रमचारी स्रोतले जनाएको छ । यस्तो नियम विपरित धेरै काम हुने गरेको ति कर्मचारीको भनाई छ ।
यस्तै, गाउँपालिकामा संचालित थुप्रै बिकास निर्माण र सामग्री खरिदको सूचना गाउँपालिका वेभसाइटमा पनि राखिएको छैन् भने गाउँपालिका कार्यालयमा पनि नरहेकोे सूचना अधिकारी अमित चौरसियाले वताए ।
गाउँपालिकामा बढ्दै गएको अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रै मुद्दाहरु परे पनि ध्यान पुग्न नसकेको स्थानियहरुले गुनासो रहेको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले