+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

एक सय शैय्या को कोभिड विशेष अस्पतात आज समुदघाटन

4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, आषाढ ३ गते । प्रदेश २ सरकारले अस्थाई राजधानी जनकपुरधाममा एक सय सैयाको विशेष कोभिड अस्पताल आजदेखि संचालनमा ल्याएको छ।
जनकपुर धामको मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहिन भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले कोभिड विशेष अस्पताल संचालनमा ल्याएको हो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत संञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा एक कार्यक्रम बीच आज समुदघाटन गर्नु भएको छ ।
विगत १ वर्ष अघि देखी नै उक्त भवनमा कोभिड विशेष अस्पताल संचालन गर्न प्रयास गरिए पनि विभिन्न अवरोधहरुका कारण आज देखी मात्र संचालनमा ल्याउन सकिएको हो ।
अस्पतालको उदघाटन गर्नु हूँदै प्रतिष्ठानका कुलपति समेत रहनु भएका मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड संक्रमितहरुको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवाहरु पनि छिट्टै शुरु गर्ने बताउनु भयो ।
शिक्षण अस्पताल संचालनका लागी सरकार बाट जग्गा लिजमा लिएका मणिपालले दशकौ विति सक्दा समेत अस्पताल संचालन गर्न नसकेकाले उनको लिज खारेजी गराई उक्त जग्गा प्रष्ठिान मातहत ल्याउने पहल शुरु भई सकेको जानकारी समेत गराउनु भयो ।
उहाँले भन्नु भयो ,‘ यस भवनमा कोरोना संक्रमितको उपचार मात्र होइन, अन्य विशेषज्ञ सेवा समेत चाडै शुरु हु्न्छ । जग्गा प्राप्तीको प्रक्रिया चाडै शुरु गर्छौ , राज्यको अरबौको सम्पति कुनै संस्थाले यसरी राख्न पाउदैन । ’
कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकारको गौरबको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमूना बन्ने विश्वास व्यक्त गर्नु भयो ।
स्थापनाको छोटो समयमै ४ विधामा शिक्षणको अनुमति प्राप्त गरेको प्रष्ठिानले यसै शैक्षिक सत्र देखी विपिएच, बिएन, विएमएलटी लगायतको अध्यापन शुरु गर्ने भएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, सुरक्षा निकायका प्रमुखहरु, प्रतिष्ठानका पदाधिकारी तथा प्रादेशिक अस्पतालका प्रमुख एवं चिकित्सक सहितको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले