मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार विषयको पायोे स्वीकृत
4 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, असार २ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार विषयमा शिक्षा प्रदान गर्ने स्वीकृती पाएको छ ।
चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई पहिलो चरणमा चार विषयमा उच्च प्रावधिक शिक्षा प्रदान गर्ने स्वीकृती प्रदान गरेको प्रतिष्ठानका उपकुलपती डा. रामकेवल साहले जानकारी गराउनुभयो ।
डा. साह का अनुसार ‘ यो प्रतिष्ठानको लागि मात्र होइन कि मधेशकै लागि खुसीको कुरा हो । समाजिक विकास मन्त्रालय तथा प्रतिष्ठानका पदाधिकारीहरुको मेहनत आज सफल भयो ।’
प्रदेश २ सरकारले स्थापना भएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हाल एक मात्र सरकारी क्याम्पस जनकपुर नर्सिङ क्याम्पस रहेको छ । यो चारवटै विषयको पढाइ जनकपुर नर्सिङ क्याम्पस अन्तर्गत संचालन हुने क्याम्पस प्रशासक मनिष झा श्रीओम ले जानकारी गराउनु हुन्छ ।
यो भन्दा पहिले जनकपुर नसिंङ क्याम्पसले इन्टर लेबलको कक्षा संचालन गर्दै आएको छ ।
स्नातक तह अस्थतरको उच्च प्राविधिक कार्यक्रम अन्तर्गत बैचलर इन साईन्सेज ( BNS ), बैचलर अफ हेल्थ ( BPH), ल्याब टेक्निशिन तर्फ (BSC MLT) नर्सिङ तर्फको (BSC Nursing ) पठन पाठन हुनेछ ।
यस सम्बन्धमा मधेश स्वास्थ्य प्रतिष्ठानका शिक्षा अध्यक्ष डा. अंकुर साह भन्नुहुन्छ,– ‘प्रथम चरणमा चार विषयको पठन पाठनको लागि हामी मान्यता पाएका छौं । त्यसमा २०÷२० जनाले अध्ययन गर्नेछन ।’’
शिक्षाध्यक्ष डा. साह का अनुसार इच्छुक विद्यार्थीलाई हामी सिधै भर्ना गर्ने प्राब्धान रहेको छैनन् । उहाँका अनुसार चिकित्सा शिक्षा आयोग ले लिएको इन्ट्रान्स परीक्षा पास हुनेहरुले यहाँ नाम लेखाउन सक्छन ।
कोरोना भाइरस (कोभिड –१९) को दोश्रो लहरको कारण यसपाली पठन पाठन ढिलो हुँदै गएको बताउँदै डा. साह ले अगाडी थप्नुहुन्छ, बन्दा बन्दी खुलेपछि तीन महिना भित्रमा पढाई संचालन हुनेछ ।’’
यता, उपकुलपति साह का अनुसार कोभिड अस्पताल असार ३ गते देखि संचालन हुने भएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले