+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

तस्कर सङ्ग सशस्त्र प्रहरी निरीक्षक रकम लिएको बारे खुलासा, कारवाही प्रक्रिया अगाडी बढाउने

4 वर्ष पहिले प्रकाशित

रंजित चौरसिया, वीरगंज,
वीरगंज जेष्ठ २८ गते । पर्सा जिल्लाको अलौ हुँदै केही दिनदेखी चलिरहेको तस्करी कार्य स्कवाड टोलिले पर्दाफास गरेको छ । यस अनलाइनमा जेष्ठ २६ गतेको दिन तस्करी बारे समाचार सम्प्रेषण गर्नसाथ सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका स्कवाड टोलि एक्सनमा उत्रिएको थियो जसका कारण तस्करी बारे पर्दाफास हुन पुगेको हो ।
बोर्डर आउट पोस्ट अलौका प्रमुख सशस्त्र प्रहरी निरीक्षक इश्वर अधिकारीले गणको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, स्कवाड टोलि लगायत गणकै जिम्मा लिएर १० लाख रूपैया तस्कर समूह सङ्ग बुझी तस्करीको लाइन चलाएको बारे छताछुङ्ग भएको छ । समाचार आउनसाथ सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको छानबिन टोलि घटना स्थल पुगि छानबिन गरेको छ ।
यता सशस्त्र प्रहरी निरीक्षक इश्वर अधिकारीलाइ दिएको रकम फिर्ता गर्नु पर्ने भन्दै तस्करहरू रातिमै गेटको अगाडी धर्नामा बसेका थिए । छानबिनमा सशस्त्र प्रहरी निरीक्षक दोषी देखिएपनी कारवाहीको नीति संगठनको रहेपनी आफुले पैसा दिएको फिर्ता गर्नु पर्ने माङ्ग गर्दै यस अनलाइनलाइ गुहारेका छन । यस बिषयमा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका सङ्ग बुझन खोज्दा उहाँ सम्पर्कमा आउन चाहेन्न । कसरी हुन्छ सीमाबाट हुने अबैध क्रियाकलाप ?सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरीले चाहे सीमाबाट हुने अबैध क्रियाकलाप सुरू हुने गरेको यस घटनाले प्रमानित गरेको छ । बिगत लामो समयदेखी बन्द रहेको तस्करी कार्य सशस्त्र प्रहरी निरीक्षक आफ्नो संगठनको सबै जिम्मेवारी लिएर खोलिएको बारे पटक पटक समाचार आएपनी हालसम्म बोर्डर आउट पोस्टमै राखिएको र केही कारवाही नभएको देखिन्छ । प्रहरीले चाहे तस्करीको लाइन खुल्ने र बन्द हुने गरेको यस घटनाले प्रमानित गरेको छ । तस्कर संगठनले आफू सङ्ग सशस्त्र प्रहरी निरीक्षकले लिएको १० लाख फिर्ता गर्ने हो कि होइन भन्दै सम्बन्धित निकायमा धाइरहदा कुनै किसिमको सुनवाइ नभएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले