४९ किलोग्राम लागू औषध गाजा बारा प्रहरीद्वारा बरामद
4 वर्ष पहिले प्रकाशित

रंजित चौरसिया, वीरगंज,
बारा जेष्ठ २५ गते । जिल्ला प्रहरी कार्यालय बारा प्रहरीले बिशेष सूचनाको अधारमा लागू औषध गाजा सहित टेम्पु र लागू औषध कारोबारीलाई पक्राउ गर्न सफल भएको छ । बाराको महागढिमाइ नगरपालिका वडा नम्बर २ इनर्वा चौक नजिकैबाट पक्राउ गर्न सफल भएको बारा प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले दिएको जानकारी अनुसार लागू औषध गाजा ओसार पोसार भइरहेको बिशेष सूचनाको अधारमा ४९ किलोग्राम लागू औषध गाजा सहित ३ जना कारोबारी र टेम्पुलाइ नियन्त्रणमा लिएको बताउनु भयो । उहाले पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ औराहा टोल निवासी ३९ बर्षिय अमिरका पासवान, सोही ठाउँ निवासी ५६ बर्षिय रमेश चौधरी र ३७ बर्षिय राज कुमार ठाकुरलाई पक्राउ गरेको बताउनु भयो ।
बाराको महागढीमाई नगरपालिका वडा नं.२ इनर्वा चोक नजिकै बरियारपुरबाट तेलकुवातर्फ गइरहेको ना २ ह ६१०६ नं. को कालो रंगको अटो तथा नम्बर नखुलेको पल्सर मोटरसाइकल समेतमा आएका ब्यक्तिहरुलाई चेकजाँच गर्दा निजहरूले बिक्रि वितरणको लागि उक्त अटोमा लुकाई छिपाई ल्याएको ७ पोकामा ४९ किलोग्राम अवैध लागू औषध गँजा बरामद भएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । पक्राउ परेका तिनै जनालाई बरामद लागू औषध र मानिस तथा सवारी साधनहरू समेतलाई नियन्त्रणमा राखी लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले