नेपालबाट भारततर्फ लैजाँदै गाँजा नेपाल सशस्त्र प्रहरी द्वारा बरामद
4 वर्ष पहिले प्रकाशित

रंजित चौरसिया, वीरगंज,
वीरगंज जेष्ठ ४ गते । बारामा सशस्त्र प्रहरीले लागू औषध गाजा ३० के.जी. बरामद गरेको छ । पचरौता नगरपालिका वडा नंम्बर – १ मुसर बस्तीमा मंगलबार बिहानको समयमा गाँजा बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. पिपरपातीबाट खटिएका सशस्त्र प्रहरी निरीक्षक कमल पन्थीको कमाण्डमा खटिएको पैदल गस्ती टोलीलाई देख्ना साथ नेपालबाट भारततर्फ लैजादै गरेको १० के.जी. को ३ पोका अबैध गाँजा बरामद गरीएको सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराका कार्यालय प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले बताएका छन् ।
तयारी गाँजाको पोका बनाई बिहानको समयमा टाउकोमा बोकी लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखे पश्चात गाँजा सोही स्थानमा छाडी ब्यक्ति फरार भएको उनले बताए ।
खेतको बाटोबाट तस्करी भईरहेको सुचना प्राप्त भए पश्चात बि.ओ.पि.हरुमा पैदल गस्ती, साईकल तथा मोटर साईकलमा सिमा नाकाहरुमा निगरानी गर्न निर्देशन दिएको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले जानकारी गराएका छन् । सिमा नाकाहरुमा कोरोना भाईरसले बन्द रहेको अवस्थामा सिमा नाकामा हुने तस्करीलाई निस्तेज गरी निगरानी बढाएको उनले दाबी गरेका छन् ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले