धनुषाको विभिन्न संचालित कोभिड स्पतालमा मुख्यमन्त्री राउत द्वारा निरीक्षण
4 वर्ष पहिले प्रकाशित

निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ २ गते । प्रदेश नम्बर दुई का मुख्यमन्त्री लालबाबु राउत सहितको टोलीले धनुषामा रहेको जानकी मेडिकल कलेजद्वारा संचालित कोभिड स्पतालको निरीक्षण गरेको छ ।
आइतबार जानकी मेडिकल कलेज रमदैया पुगेको टोलीले अस्पताल व्यवस्थापक संग अस्पतालमा रहेका संक्रमितहरुको अवस्था र उपचारमा भै रहेको समस्या बारे जानकारी लिए ।
सो क्रममा जानकी मेडिकल कलेजका व्यवस्थापन पक्षले अक्सीजनको कोटा बढाई दिन मांग गरेका थियो, भने टोलीले आजै बाट अक्सीजनको कोटा बढाइ दिने र आउदो शनिवार बाट चाहे जति अक्सीजन उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
हाल ६० बेड कोरोना संक्रमितको लागी संचालन गरि रहेको जानकी मेडिकल कलेजलाई मुख्यमन्त्री राउतले बेड बढाउन आग्रह समेत गरे ।
यता प्रदेश सरकारले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको मनिपालको खाली भवनमा निर्माण गरि रहेको अस्थायी कोभिड अस्पतालको समेत मुख्यमन्त्री राउत सहितको टोलीले निरीक्षण गरेका छन ।
युद्ध स्तरमा निर्माणधिन उक्त अस्पतालको काम समयमै सक्न मुख्यमन्त्री राउतले निर्देशन समेत दिनु भएको हो। निरीक्षणको क्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सिनियर डिभिजनल इन्जिनियर भगवान झाले जेठ १५ अगाबै अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरिने प्रतिबद्धता समेत जनाए ।
अनुगमनमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, नेपाल प्रहरीका डिआइजी धिरज प्रताप सिंह र धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला सहितको टोली लिएर मुख्यमन्त्री राउतले स्थलगत निरीक्षण अनुगमन गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
5 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
5 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
5 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
5 महीना पहिले