+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीका शम्भु मण्डलको हत्या

4 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, बैशाख १८ गते । धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई उनकै पत्नीले धारिलो हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । धनुषामा घरायसी विवादका कारण श्रीमानको बीभत्स हत्या गरिएको छ ।
शुक्रबार मध्यराति भएको विवादमा मण्डललाई २३ वर्षीय पत्नी सुशिलादेवी मण्डल, भाइहरु जय मण्डल र अनिल मण्डलले कुुटपिट गर्दै धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक रानाभाटले बताए । मृतक मण्डलको घाँटी र शरीरको विभिन्न भागमा काटिएको छ ।
कुटपिटबाट मण्डलको मृत्युपछि पत्नी र भाइहरु फरार भएका छन् ।
अहिले इलाका प्रहरी कार्यालय औरही र जिल्ला प्रहरी कार्यालय धनुषाको सँयुक्त टोलीले घटनास्थल पुगेर मुचुल्का उठाएका छन् ।
भाउजु देवरबीच अवैद्य सम्बन्धका कारण शम्भुको हत्या गरीएको र बैदेशिक रोजगारीमा बस्दै आएको थिए । शम्भु एक महीना अघि मात्र कतारबाट गाउँ फर्केका थिए सो कुरो त्यँहा का बासिन्दाहरुले बताउनु भएका छन् ।
शम्भुको कन्चट र घाँटीमा खुकुरी प्रहार गरि हत्या गरेको जनाएको छ । उनलाई हत्या गरी गएराती नै तीन जना मोटरसाईकलबाट भाग्ने प्रयास गर्दा घर देखी करिब १०० मिटरकै दुरीमा मोटरसाईकल छाडेर भागेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य तीब्र पारिएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।
घटनास्थलमा पुगेका प्रहरी हत्याबारे अनुसन्धान गरिरहेको र मृतक मण्डलको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको धनुषा प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले