+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

बिरगंजवासी कोरोनाको त्रासमा, प्रहरी प्रशासन कमाइ धन्दामा

4 वर्ष पहिले प्रकाशित

रंजित चौरसिया, वीरगंज,
वीरगंज बैशाख ३ गते । नेपालकै आर्थिक रूपमा मानिने र मुलूककै प्रमुख प्रवेशद्वारको रूपमा रहेको बिरगंज भन्सार अगाडीबाटै सेटिङ्गको माध्यमका साथ साथै टेम्पू, टाउको र ठेलाको माध्यमले तस्करी कार्य सुचारू भएको छ । बोर्डर आउट पोस्ट भन्सार, स्थानीय प्रहरी चौकीका साथ साथै स्क्वाड टोलिले समेत लाखौ रूपैया नजराना बुझे पश्चात् तस्करीको कार्य सुचारू भएको हो ।
आफ्नो मुलूकको सुरक्षाको निम्ति सीमामा खटेका सशस्त्र प्रहरीको टोलिले आर्थिक प्रलोभनमा परि आफ्नो मुलूक सङ्गै गदारी गर्दै आएको बारे यो सबै कार्यले प्रमानित गरेको छ । सीमामा खटिएका सशस्त्र प्रहरी र शान्ती सुरक्षाको निम्ति खटिएका नेपाल प्रहरीलाई लाखौ रूपैया नजराना बुझाइ सके पश्चात् बिरगंजको इनर्वा हुँदै कपडा र कवाडको काम पुनः सुचारू भएको छ । रातिको समयमा करीब २ सय भन्दा बढी ठेलाको माध्यमले कवाड भारत पुग्ने गरेको र भारतबाट नेपाल करीब ८० देखि १०० वटा साइकलमा कपडा नेपाल भित्रिने गरेको पाइएको छ ।
देश सेवाको निम्ति खटिएका प्रहरीहरू आफ्नो आर्थिक सेवामा लागेको बारे यी सबै कार्यले प्रष्ट पारेको छ । नेपालमा बढ्दै गएको कोरोना भाइरसको त्रासमा नेपाली जनता बिताइरहेकै बेला सीमामा खटिएका प्रहरीहरू सीमालाइ आफ्नो कमाइ खाने भाडो बनाएको बारे छर्लङ्ग भएको छ । आफ्नो स्वार्थ बोकेर ड्युटी गरिरहेका सशस्त्र र नेपाल प्रहरीले यस्तो समयमापनी अबैध क्रियाकलाप नरोके आउनेदिनमा कोरोना नसर्न भन्न सकिन्न । तसर्थ मुखदर्शक बनेर बसेका द्वय डिआइजीको ध्यान जान अति अवाश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले