+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

धनुषामा चोरी गर्देगर्दा चोरलाई समाते

4 वर्ष पहिले प्रकाशित

निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, चैत्र ३१ गते । धनुषामा चोरी गर्दै गर्दा स्थानीयहरुले एक जना चोरलाई समातेको छ । धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिजमा गएराति तीन वटा घरमा चोरी भएका छन ।
चोरले ३ जनाको घरमा घरको भित्ता काटेर (सईन) चोरी गरेको स्थानीयहरुले जानकारी दिए। चोरले विश्वकर्माचौक स्थित स्थानीय ओपिन्द्र महतो, बरुण सिंह राजपुत र स्वास्थ्य चौक नजिक भगलु महतोको घरमा घरको भित्ता (सईन) काटेर चोरी गरेका हुन् ।
यता चोरी गर्दे गर्दा भगलु महतोको घरमा एक चोर समातिएको हो । चोरलाई बिहान ३ बजे नै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरेको जिम्मा लगाएको छ ।
प्रहरी समक्ष चोरले व्यान दिएको अनुसार चार जना को हाम्रो समुह थियो र चोरहरु ढलकेवर मा राति रक्सी खाएर पलानिङ गरे।
स्थानीय ओपिन्द्र महतो घरवाट स्किनटच मोबाइल , आधी तोला सुन, नगद १० हजार लगायत लत्ताकपडा चोरी गरेर चोरका समुह भागेको छ ।
चोरले ४ जना को समुह थियो त्यसबाट एक जना चोरलाइ स्थानीय हरु पक्राउ गर्नमा सफल भएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार चोर लक्ष्मिनिया गाउपालिका वडा नम्बर ३ का ५५ वर्षीय कुशे डोम रहेका छन चोर समातिएको बताएपनि चोरको विषयमा अनुसन्धान भईरहेको प्रहरी स्रोतले जानकारी दिए ।
पक्राउ परेका कुशे डोम चोरको संगबाट कत्ता एक थान,हसिया दुइ थान र छुरा एक थान रहेकोे स्थानीय बरुण सिंह राजपुतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले