सुन आयातको कोटा दैनिक विस किलो भएपनि दैनिक एक करोड अवैध असुली
4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, चैत्र २९ गते । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दैनिक आयात गर्ने सुनको कोटा बढाएर २० किलो पु¥याएपनि बजारको मांग भन्दा कम रहेको छ । यसले गर्दा दैनिक एक करोड रुपियाँ ग्राहक वर्गबाट भईरेको अनुमान गरिन्छ ।
किनकि प्रति तोला झण्डै पाँच हजार बढी मोल सुनका ग्रहक वर्गबाट असुल भईरहेको छ । जनकपुरधामका सुन व्यावसायीहरुले प्रति तोला तीनदेखि ५ हजारसम्म बढी रकममा सुन खरिद गर्दै आएको ले उनीहरु सो रकम सुनका ग्रहकबाट असुल गर्दै आएका हुन्छन ।
सुन आयात गर्न अनुमति प्राप्त वाणिज्य बैंकहरुलाई चैत्र १९ गते एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुन ल्याउन व्यवस्था गरेको हो ।
कोरोना महामारीलाई देखाएर गत वर्ष सरकारले प्रतिदिन सुन आयातको परिमाण १० किलोमा झारेको थियो । सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८ लाई संशोधन गरेर इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुले आयात गर्ने सुनको दैनिक कोटा २० किलो पु¥याइएको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ ।
यसअघि धेरै माग हुने समयमा दैनिक २५ र सुख्खा सिजनमा प्रतिदिन २० किलो सुन आयात गर्न पाइन्थ्यो ।
सुनको कोटा बढाउने राष्ट्र बैंकको निर्णयप्रति सुनचाँदी व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन् । नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले आफूहरुले माग गरेकोभन्दा कम मात्रामा आयात परिमाण बढाइएको भन्नुभयो ।
महासंघले दैनिक ३० किलो सुन आयात गर्नुपर्ने माग सरकारसमक्ष राख्दै आएको उहाँले बताउनु भयो । ‘हुँदै नभएको भन्दा त यति हुनु पनि ठीकै हो तर यतिले हाम्रो माग धान्दैन,’ अध्यक्ष शाक्यले भने ।
थप कोटा वृद्धिबारे राष्ट्र बैंकसँग पुनः छलफल गर्ने पनि अध्यक्ष शाक्यले बताउनु भयो । सुनको अधिक माग हुने मौसममा बजारमा चरम अभाव भएपछि दैनिक सुन आयातको कोटा बढाउन गत मंसिरदेखि सुन व्यवसायीहरुले सरकारलाई आग्रह गर्दै आएका हुन । तर, सरकारले बजारको मांग बमोजिम सुन झिकाउन आनाकानी गर्दै आएको ले दिन्हु हजारौं सुनका ग्रहक मार्कामा पर्दै आएका छन ।
एक जना सुन व्यापारीले नाम नखोल्ने सर्तमा भन्नु भयो– बजारको मांग देख्दै प्रति तोला ३ हजारदेखि ५ हजारसम्म रुपियाँ अतिरिक्त लिएर ग्राहक वर्गलाई सुन उपलब्ध भईरहेको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले