2020-06-01

२०७६ साल शिवरात्रीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना-सम्पादक ।

राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सुरु

सप्तरी, पुस गते नेपालमा सबभन्दा बढी बोलिने मैथिली भाषाको विस्तार एवं संवद्र्धनका लागि राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुँदैछ मैथिलीको राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुव्यवस्थितरूपमा विस्तार गर्न, भाषाको संरक्षण संवद्र्धन गर्न उचित वातावरणको निर्माण गर्न अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको सप्तरीको राजविराजमा शुक्रबारदेखि दुईदिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुन लागेको हो शनिबारसम्म चल्ने सम्मेलनको पहिलो दिन स्थानीय पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा भेला भई भव्य जुलुशसहित प्रभातफेरि गरी अनुपदास धर्मशालामा पुग्ने कार्यक्रम रहेको त्यस्तै सम्मेलनमा स्मारिका केही पुस्तकको विमोचन, ‘मिथिलारत्न मिथिलाश्री सम्मानसमेत नेपालभारतका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिने उद्घाटन सत्र समाप्तिपश्चात् तत्काल नेपालभारतका अतिविशिष्ट कलाकर्मीद्वारा भव्य सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने बताउँदै दोस्रो दिन विचार गोष्ठी राखिएको बताइएको सम्मेलनमा नेपालभारतका करिब २०० प्रतिनिधिको सहभागिता रहने दुवै दिनको कार्यक्रममा नेपाल भारत दुवै देशका लब्ध प्रतिष्ठित लेखकद्वारा लेखिएका पुस्तकको प्रदर्शनीसमेत राखिने जनाइएको