2020-06-01

२०७६ साल शिवरात्रीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना-सम्पादक ।

मधेशको मुख्य सरोकोको विषय संविधान संशोधन – महतो

जनकपुुर , पुस गते राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेशको मुद्दामा सहयोग गर्ने शक्तिसँग सहकार्य हुन सक्ने संकेत गरेका छन् जनकपुरमा सञ्चारकमीसँग कुरा गर्दै नेता महतोले मधेशीको सरोकारलाई सम्बोधन गर्न विकासका परियोजनाहरू शुरू गर्न मधेशी जनताले आफनो पार्टीलाई मतदान गरेर जनादेश दिएको बताए हामीले मधेशको मुद्दाको आधारमा संसदमा विरोध वा समर्थन गर्छौ मधेशको मुख्य सरोकारको विषय संविधान संशोधनमार्फत जनताको अधिकार सुनिश्तित गर्नु हो,महतोले भने आफूहरूको सरकारमा जानुभन्दा मधेशको मुद्दा सम्बोधन गर्नु प्रमुख विषय भएको स्पष्ट पार्दै उनले अन्य शक्तिहरूले पनि मधेशको जनादेशलाई सम्मान गर्नु पर्नेमा जोड दिए