2020-07-13

२०७६ साल शिवरात्रीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना-सम्पादक ।

मदरसालाई आवश्यक सामग्री हस्तान्तरण

रौतहट, पुस गते गौर नगरपालिका वडा नम्बर का वडा अध्यक्ष भरत साहले सो वडामा रहेको ईस्लामिक मदरसालाई अति आवश्यक सामग्री हस्तान्तरण गरेका छन् गौर स्थित राईस मिल मैदान नजिकै रहेको सो मदरसामा घुम्न जाँदा सो मदरसाका करिब दर्जन विधार्थी भुई मै बसेर पढन बाध्य रहेको हेर्दा आफ्नो मन चिसिएको भन्दै साहले करिब ७० हजार रुपैयाको लागतमा सो मदरसालाई काठको खाट थान, पटिया १० थान, कुर्सि १० थान काँपी कलम हस्तान्तरण गरेको बताएका छन् सोमबार साँझ गौर नगरपालिका का उपमेयर किरण ठाकुर, कार्यालयका निमित्त प्रमुख सरोज लालदास लगायत समाजका अगुवाहरुको सहभागीतामा सो सामग्री वितरण गरिएको हो गौर नगरपालिकामा निर्वाचित भएका अन्य वडा अध्यक्षहरु मध्ये साहको कार्य सम्पादनको शैली फरक ढंगको रहेकोले सो बाट आफुहरुलाई पनि उर्जा प्राप्त भएको उपमेयर ठाकुरले बताएकी छिन्